Call Us:
+977 98510244525Mail Us:
info@milanforgorkha.comOffice
Gorakha, Nepal
गोरखा–२ लाई अवसरबाट वञ्चित क्षेत्र होइन, सम्भावनाले भरिएको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोणका साथ मिलन गुरुङ प्रतिनिधिसभा निर्वाचनमा होमिनुभएको छ। उहाँको उम्मेदवारी कुनै पद प्राप्तिका लागि होइन, परिणाममुखी परिवर्तनका लागि हो। दीगो आर्थिक विकास, युवा रोजगारी, गुणस्तरीय पूर्वाधार निर्माण तथा स्थानीय पर्यटन र कृषि उद्यमशीलताको प्रवर्द्धनमार्फत समृद्ध गोरखा निर्माण गर्ने लक्ष्य उहाँले अघि सार्नुभएको छ।
सेवा–केन्द्रित प्रतिनिधित्व, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीति मिलन गुरुङको प्रमुख प्रतिबद्धता हो। गोरखा–२ का प्रत्येक गाउँ, बजार र बस्तीमा आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको पहुँच विस्तार गर्दै नागरिकलाई आफ्नै ठाउँमा सम्मानजनक जीवनयापनको अवसर सिर्जना गर्नु उहाँको दीर्घकालीन योजना रहेको छ। ऐतिहासिक सम्पदाको संरक्षण र प्रविधिमैत्री विकासमार्फत स्थानीय स्तरमै रोजगारी र आम्दानीका स्रोतहरू बढाउने उहाँको स्पष्ट सोच छ।
युवा शक्ति, महिला, दलित तथा अल्पसंख्यक समुदायलाई सशक्त बनाउँदै समावेशी विकासको बाटोमा गोरखा–२ लाई अघि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। वातावरण संरक्षण, स्वच्छ खानेपानी, आधुनिक कृषि प्रणाली तथा पारदर्शी बजेट कार्यान्वयनमार्फत गोरखा–२ लाई आत्मनिर्भर, सुरक्षित र समृद्ध निर्वाचन क्षेत्रका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित उहाँ यस निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ।
गोरखा–२ का सबै प्रमुख बजार र गाउँ केन्द्रसम्म वर्षायाममा समेत सञ्चालन हुने सडक स्तरोन्नति तथा आवश्यक पुल निर्माण गरिनेछ। यसले यातायातलाई सुरक्षित, भरपर्दो र सर्वसुलभ बनाउँदै स्थानीय आर्थिक गतिविधिलाई गति दिनेछ।
आधुनिक सिंचाइ प्रणाली विस्तार गरी घरायसी तथा व्यावसायिक खेतीका लागि पानी र मलको सुनिश्चितता गरिनेछ। किसानहरूलाई कृषि तालिम, प्रविधि र बजार पहुँच उपलब्ध गराई उत्पादन वृद्धि तथा आम्दानीमा सुधार ल्याइनेछ।
गोरखाका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण गर्दै लिगलिगकोट दरबार पुनर्निर्माण गरिनेछ। सम्पदाको विश्वव्यापी प्रचारमार्फत पर्यटन प्रवर्द्धन गरी स्थानीय रोजगारी सिर्जना गरिनेछ।
सिरानडाँडा, भच्चेक, बारपाक लगायत क्षेत्रहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ। आवश्यक पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय प्रचारमार्फत पर्यटनलाई स्थानीय आम्दानीको मुख्य स्रोत बनाइनेछ।
प्राथमिक तथा माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिनेछ। प्रत्येक गाउँमा स्वास्थ्य चौकी स्थापना तथा विद्यमान स्वास्थ्य संस्थाको स्तरोन्नति गरी दक्ष स्वास्थ्यकर्मीको नियुक्ति गरिनेछ।
५ वर्षभित्र ५००० रोजगारी सिर्जना गर्ने लक्ष्यसहित युवालाई सीपमूलक तालिम प्रदान गरिनेछ। प्रत्येक पालिकामा विश्वस्तरीय सीप विकास कार्यक्रम सञ्चालन गरी उद्यमशीलता प्रवर्द्धन गरिनेछ।
महिलाका लागि सहुलियत कर्जा तथा उद्यमशीलता तालिम सञ्चालन गरिनेछ। दलित तथा अल्पसंख्यक समुदायका लागि “एक दलित गाउँ – एक उद्यम” कार्यक्रममार्फत सामाजिक तथा आर्थिक सशक्तीकरण गरिनेछ।
स्वच्छ खानेपानी, सरसफाइ, वृक्षारोपण तथा पहिरो रोकथाम कार्यक्रम सञ्चालन गरिनेछ। दिगो वन संरक्षणमार्फत गोरखालाई नेपालकै सफा र हरित जिल्ला बनाइने लक्ष्य राखिएको छ।
ठूला विकास परियोजनाहरूको प्रगति, गुणस्तर र समयसीमा सार्वजनिक पोर्टलमार्फत नियमित अद्यावधिक गरिनेछ। विकास निर्माणमा ‘No Compromise’ नीति अवलम्बन गरिनेछ।
पालुङ्टार विमानस्थल पुनःसञ्चालन, गोरखकाली रबर उद्योग पुनःस्थापना, बारपाकमा अस्पताल स्थापना, सिरानचोक कृषि केन्द्र तथा गोरखा AI सेन्टर स्थापना गरिनेछ।